☰ open Loading... 26 February 2025|  

नारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
यामराज बिष्ट   | ३ असार २०८१, सोमबार ०५:१६

दैलेख– नारायण नगरपालिकालाई पूर्ण खोप यूक्त नगरपालिका घोषणा गरेको छ। नगरपालिकाले एक कार्यक्रम बिच खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो।

राष्ट्रिय खोप तालिका अनुसार नारायण नगरपालिकाका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले बताए। उनले नगरपालिकाका ५९ महिना मुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोे जानकारी दिए ।
कार्यक्रममा स्वास्थ सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले पूर्ण खोप युक्त नगरपालिका घोषणा गर्न स्वास्थ्यकर्मी को महत्त्वपूर्ण भूमिका रहेको बताए ।उनले खोप कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गरेर अरु पालिकाभन्दा नारायण एक कदम अगाडि बढेको बताए। उनले जिल्लामा यो कार्यमा सबैको महत्त्वपूर्ण योग्दान रहने जानकारी दिए। उनले अन्य पालिकाले पनि खोप अभियान सफल बनाउन सहयोग गर्नुपर्ने बताए ।

 

 

यस्तै नारायण नगरपालिका दैलेखका उप– प्रमुख तप्ता कुमारी खड्का थापाले पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिईन् ।उनले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने गरि पालिका लागेको बताइन्।