☰ open Loading... 24 October 2024|  

यी प्रदेशमा पनि आज मौसम बदली रहने, कोशीमा बिहानैदेखि वर्षा
पश्चिम नेपाल   | ३१ जेष्ठ २०८१, बिहीबार ११:४८

मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले दिएको जानकारी अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।