☰ open Loading... 24 October 2024|  

ठाटीकाँधमा मृत्यू भएकालाई भत्ता
पश्चिम नेपाल   | ३० जेष्ठ २०८१, बुधबार २०:०४

दैलेखको ठाटीकाँध गाउँपालिकामा मृत्यू भएका व्यक्तिको नाममा भत्ता वितरण भएको पाइएको छ । पालिकाको वडा नम्बर १ र ४ का गरी तीन जनाको नाममा रकम बढी भुक्तानी भएको महालेखाले औंल्याएको छ ।

महालेखाको छैटौँ प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९/०८० तीन जनाको नामा भुक्तानी भएको ३५ हजार ८ सय रुपैँया असुल गर्नुपर्ने उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को अनुसुची १० ९९० बमोजिक निष्कृय खाताहरुको विवरण तोकिएको समयमा पालिका तथा पञ्जिकरण विभागमा पठाउनुपर्ने भएपनि त्यस्तो गरिएन ।

कार्यविधिको बुँदा १५ अनुसार भत्ता खाइपाइ आएको कुनै लाभग्राहीको मृत्यू भएमा मृत्यू भएको दिनसम्मको भत्ता निजको हकवालालाई भुक्तानी दिन सकिने व्यवस्था छ ।

तर कार्यालयलाई बैँकबाट प्राप्त स्टेटमेण्ट र ब्याच ईन्ट्रिको परीक्षण गर्दा मृत्यू भएका लाभग्राहीहरुले पाउने रकम भन्दा बढी रकम बैंक खतामा दाखिला गरेको देखिएको महालेखाले जनाएको छ ।

पालिकाले आवाश्यक छानविन गरी बढी रकम दाखिला भएका असुल गरी केन्द्रीय संचित कोषमा दाखिला गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।