☰ open Loading... 5 February 2025|  

कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष
पश्चिम नेपाल   | ३२ जेष्ठ २०८१, शुक्रबार १२:४२

कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाहीमाथि कुटपिट गरेका छन्।

खिम्लि घट्टेखेतदेखि घट्टेगाडसम्म सडक स्तरउन्नतिका लागि आएको बजेटबाट ५ प्रतिशत कमिसन मागेको र नदिएपछि सडकस्तर उन्नति योजनाका अध्यक्ष शाहीलाई कुटेका हुन्।

पिडित अध्यक्ष शाहीका अनुसार आफू रोजगारको अध्यक्ष भएको र काम गरेको रकम सिधै  कामदारको खातामा जम्मा गरेपछि कमिसन दिन नसक्दा आफूमाथि वडा अध्यक्ष प्रेम बहादुर शाहीले ढुङ्गा प्राहार गरेको र पछि वडा अध्यक्षका भाइ कृष्ण बहादुर शाहीले बन्चरो लिएर कुट्न आएको बताए।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र शुभकालीका गाउँपालिकाको साझेदारीमा ४५ लाख रकममा स्थानीयलाई रोजगारीस्वरुप काम सुरु भएको थियाे।

यस विषयमा वडा अध्यक्ष प्रेम बहादुर शाहीलाई बुझ्दा आफुले ५ प्रतिशत रकम मागेको स्वीकार गरेका छन्। वडामा भए गरेका योजनाबाट कमिसन भन्दा पनि वडा कार्यालय फिल्ड मर्मतको लागि पैसा मागेको उनको भनाइ छ। वडा कार्यालयको फिल्ड भने निर्माण सम्पन्न भइसकेको स्थानीयले बताएका छन्।

उपभोक्त समितिका अध्यक्षमाथि कुटपिट भएकाे गरेकाे भन्दै स्थानीयले वडा कार्यलयमा तालाबन्दी गरी अहिले नाराबाजी गरिरहेका छन्।

नागरिकन्यूजबाट