☰ open Loading... 24 October 2024|  

खच्चर उद्दार गर्ने प्रहरी सम्मानित
गणेश बहादुर शाही, राकम कर्णाली दैलेख   | ३२ जेष्ठ २०८१, शुक्रबार १२:५४

अछामको पन्चदेवल विनायक नगरपालिका – ९ र दैलेखको आठबिस नगरपालिका –४ जोड्ने झोलुङ्गे पुल लडा चुट्दा १३ वटा फसेका खच्चरलाई उद्दार गर्ने प्रहरीहरु सम्मानित भएका छन् ।

कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा गरे बापत ईलाका प्रहरी कार्यालय कालेगाडाका प्रसनी राम सिंह फराल र प्रह गंगा राम चौधरी सम्मानित भएका हुन ।

प्रहरी संगठनको निति नियम र निर्देशन अनुरुप उच्च अनुशासनमा रहि अदम्य साहसका साथ कर्तब्यनिष्ठ भइ उल्लेखनीय भुमिका गरे बापत दुई प्रहरीलाई उत्कृष्ट कार्यको कदर स्वरुप नगद पुरस्कारद्धारा पुरस्कृत गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आफुहरुले देश र जनताको सेवा गर्न भनेर यो पेशामा आएको र देश र जनतालाई गाह्रो पर्दा आफुले सकेको सहयोग गर्दा प्रदेश प्रहरी प्रमुखबाट सम्मानित हुन पाउदा खुसी भएको सम्मानित प्रहरी अधिकारीहरुले बताएका छन् ।