☰ open Loading... 24 October 2024|  

इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
पश्चिम नेपाल   | ४ असार २०८१, मंगलवार १३:३१

सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु‌ हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेल रहेका छन् ।

सोमबार पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । चिकित्सकले उनीहरूको मृत्यु भएको घोषणा गरे ।