☰ open Loading... 24 October 2024|  

ट्राफिक प्रहरीको दैनिक चेकजाँचको बहाना
पश्चिम नेपाल   | ८ असार २०८१, शनिबार १४:५२

दैलेखको गुँरासेमा गाडी चेकजाँच गर्दै ट्राफिक प्रहरी । दैनिक चल्ने गाडीहरुको कागजात नियमित हेर्छन् प्रहरीले तर, यहाँ सिट क्षमताभन्दा बढी यात्रु बसे न बसेको हेर्दैनन् । जसले गर्दा प्रहरीमाथि आंशका गर्ने थुप्रै ठाउँ राखेको छ ।

एउटै रुटमा चल्ने गाडीहरु दैनिकजसो कागजपत्र हेरेर प्रहरी दुःख दिने गरेको यातायात ब्यवसायीहरु बताउँछन् । पटके र मासिक अतिरिक्त रुपैयाँ प्रत्येक ट्राफिक पोष्टमा दिने गरेको ब्यवसायीहरु बताउँछन् । त्यसको बदलामा प्रहरीले गाडीमा यात्रु कोच्न छुट दिने गरेको छ ।