☰ open Loading... 24 October 2024|  

खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु
पश्चिम नेपाल   | ९ असार २०८१, आईतवार ०७:१२

जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ घर भई कुशे-१ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन ।

शनिवार राति-११ बजे कुशे गाउँपालिका-१ पागेचौरस्थित चैयाखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीकाअनुसार अरु ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीहरूको भने सकुशल उद्धार गरिएको र रोकायको शव बगेको २ घण्टापछि फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।