☰ open Loading... 24 October 2024|  

आठविसलाई पूर्ण खोप घोषणा
पश्चिम नेपाल   | १० असार २०८१, सोमबार १९:१२

दैलेखको आठबिस नगरपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ । आठबिस नगरपालिकाले स्थानिय श्रोतको उपयोग, स्वामित्व सहभागितापुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्दता भन्ने मुल नाराका साथ पुर्ण खोप घोषणा गरेको हो ।

आठविस नगरपालिका दैलेखका ११ वटा स्थानिय तहहरु मध्य क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानिय तह भएको आठबिस नगरपालिका स्वास्थ शाखा प्रमुख देवराज तिमिल्सेनाले कार्यक्रममा बताए ।

आठविस दुन, टार, चुरे र महाभारत श्रेणिमा पर्ने रमणिय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन स्रोतको लगानीबाट नगर पालिकाको सामाजिक, आर्थिक र भौतिक पुर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको देवराज तिमिल्सेनाले बताए । ३१ हजार ४ सय ६० जनसंख्या रहेको आठविसमा आर्थिक वर्ष ०७०÷०७१ देखि पुर्ण खोप अभियान संचालनमा आएपनि यस नगरपालिका अन्र्तगतका तत्कालिन गाविस राकम कर्णालीले ०७२÷०७३ बाट पुर्ण खोप घोषणा गरेको थियो ।

आव ०७३÷०७४ मा सबै गाविसहरु पुर्ण खोप गाविस घोषणा भए र हालसम्म यो प्रकृया निरन्तरता पाएको र पुर्ण खोप अभियानमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको घरधुरी सर्वेक्षण गरि सुरु गरेर पुर्ण खोप लगाई पुर्ण खोप वडा घोषणा गर्दै पुर्ण खोप नगरपालिका घोषणा गर्दै पुर्ण खोप जिल्ला तथा पुर्ण खोप प्रदेश घोषणा गर्दै आएको र खोपबाट बाल मुत्युदर रोग र अपाङ्गता दर घटेको विभिन्न सर्वेक्षणबाट समेत देखिएको टिमिलसेनाले बताए । बालबालिकालाई खोप अनिवार्य भएकाले यस कार्यलाई निरन्तरता दिन सुझब दिदै नगर प्रमुख तर्क बहादुर बडुवाले कार्यक्रम समापन गरेका थिए ।