पश्चिम नेपाल | १४ असार २०८१, शुक्रबार १७:०९
दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।
दुर्घटनामा पनि ९ जना घाइते हुनुको साथै २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई सुर्खेत ल्याउने तयारी भइरहेको छ । जिप सडक देखि ५० मिटर तल खस्दा दुर्घटना भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले बताएका छन्।