☰ open Loading... 24 October 2024|  

प्रेस युनियनले लगायो पत्रकार महासंघमा ताला
पश्चिम नेपाल   | १४ असार २०८१, शुक्रबार २२:५३

मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार रााति १० बजे तिलगंगास्थित महासंघको कार्यालयमा ताला लगाएको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो । युनियनको तालाबन्दीले महासंघको यही असार २२ गते तय गरिएको मतदान कार्यक्रमलगायत निर्वाचन तालिका प्रभावित हुने सम्भावना बढाएको छ ।