☰ open Loading... 24 October 2024|  

पहिरोले अवरूद्व कर्णाली राजमार्ग खुल्यो
पश्चिम नेपाल   | १५ असार २०८१, शनिबार १०:२२

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।बिहीबार रातिदेखि अवरुद्ध बनेको कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डको पहिरो पन्छाएपछि राजमार्गमा सवारीसाधन आवतजावत हुन थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताए .

वर्षाले कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डका विभिन्न ठाउँमा पहिरो गएको थियो ।कालिकोट र दैलेखको सिमानास्थित कालेखोला र दहीखोला बीचमा पहिरो गएको थियो ।सुरक्षाकर्मी र मेसिनले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।