☰ open Loading... 24 October 2024|  

कर्णालीमा बिहानैदेखि वर्षा
पश्चिम नेपाल   | १६ असार २०८१, आईतवार ०७:४१

आज गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।