☰ open Loading... 24 October 2024|  

७ पत्रकार रोटरी पत्रकारिता अवार्डबाट पुरस्कृत
पश्चिम नेपाल   | १६ असार २०८१, आईतवार ०९:४४

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले आफ्नो स्थापनाको अवसरमा ७ जना पत्रकारलाई रोटरी पत्रकारिता अवार्डले पुरस्कृत गरेको छ ।

रोटहरीले स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासमा अमर सुनार, खानेपानी तथा सरसफाइ सवालमा तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा बसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरता तर्फ विद्या राई, रोग उपचार तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टंक पन्तलाई पुरस्कृत गरेको हो ।

उनीहरुले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै लाफटाइम अचिभमेन्ट पुरस्कारबाट वरिष्ठ पत्रकार भैरव रिसाल सम्मानित भएका छन् । उनले १ लाख एक हजार रुपैयाँ पाएका छन् ।

पुरस्कृतहरुलाई पत्रकारहरुलाई शनिबार पुरस्कार प्रदान गरिएको छ ।