☰ open Loading... 24 October 2024|  

नेपालको दक्षिण भू–भागनेपालको दक्षिण भू–भाग भारी वर्षा हुने
पश्चिम नेपाल   | १७ असार २०८१, सोमबार ०९:३५

मौसम पूर्वानुमान महाशाखाले नेपालको दक्षिण भू–भाग र सीमाना आसपास न्यून चापिय रेखा रहने र मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आइतवार विशेष मौसम बुलेटिन जारी गर्दै असार २० गतेसम्म सो क्षेत्रमा मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

आजदेखि सो देशभर साधारणतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ।