☰ open Loading... 24 October 2024|  

मुगुमा ट्र्याक्टरले किचेर बालकको मृत्यु
पश्चिम नेपाल   | १७ असार २०८१, सोमबार ०७:२१

छायाँनाथ रारा नगरपालिका-४ चौतारामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार ५ बजेतिर गमगढी बजारबाट बालै गाउँतर्फ जाँदै गरेको लु ५ त ३१४ नम्बरको ट्र्याक्टरले नगरपालिका—४ बस्ने राजकुमार रोकायाका दुई बर्षका छोरा सुप्रिम रोकायालाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बीरेन्द्र थापाले बताए ।

बाटोमा खेलिरहेको अबस्था ट्र्याक्टरले किचेर सुप्रिमको ज्यान गएको उनको भनाई छ । ट्र्याक्टर चालक २२ बर्षका धनबहादुर बडुवाललाई प्रहरीले नियन्त्रण लिएको र मृतक बालकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ठिनी लगिएको प्रहरीले जनाएको छ ।