☰ open Loading... 24 October 2024|  

रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते
पश्चिम नेपाल   | १७ असार २०८१, सोमबार २१:३४

रोल्पाको घर्तिगाउँमा जिप दुर्घटना भएको छ । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु१ज ३२५२ नम्बरको यात्रुवाहक जिप बुढागाउँमा सोमबार दुर्घटना भएको हो ।

जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले दुर्घटनामा ११ जना यात्रु गम्भीर घाइते भएको जानकारी दिए । घाइते भएका यात्रुको उद्धार गरिएको उनले बताए ।

उनले उपचारका लागि घर्तीगाउँबाट एक जनालाई सदरमुकाम ल्याएको बताए । अरूको उद्धार गरी अस्पताल ल्याउँदै गरेको उनले बताए । उनले दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।