☰ open Loading... 24 October 2024|  

आठविसमा वडा भवन उद्घाटन
गणेश बहादुर शाही, राकम कर्णाली   | १८ असार २०८१, मंगलवार २१:२१

दैलेखको आठविस नगर पालिका वडा नम्वर ६ को वडा भवन भब्य कार्यक्रमविच उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नवराज शाहीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन भएको हो ।

भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख, पूर्व नगरप्रमुख, वडा अध्यक्षहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत सहभागी भएका थिए । वडा कार्यालय उद्घाटन र ५ बर्षदेखि १२ बर्षभित्र समुहका बालबालिका भर्ना सुनिश्चितता घोषणा कार्यक्रम पनि गरिएको थियो ।