☰ open Loading... 24 October 2024|  

दर्ता नगरी ट्यूसन कक्षा सञ्चालन गर्न नपाईने
पश्चिम नेपाल   | १९ असार २०८१, बुधबार ०५:३५

दैलेख –अब देखि नारायण नगरपालिका भित्र ट्युसन कक्षा सञ्चालन गर्दा दर्ता गर्नुपर्ने छ । नारायण नगरपालिका भित्र बिनादर्ता ट्यूसन तथा कोचिङ्ग कक्षा सञ्चालन गरिरहेको पाईएपछि नारायण नगरपालिकाले दर्ता गरेर कक्षा सञ्चालन गर्न निर्णय गरेको हो ।

ट्यूसन कक्षा सञ्चालन गर्दा दर्ता प्रकृया पुरा गरेर संचालन गर्नुपर्ने मनोमानी तरिकाले संचालन गरेको पाइएमा तत्काल कारवाही गरिने नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्यायले बताए । उनले भने नगरपालिका भित्र ट्यूसन कक्षा सञ्चालन गर्दा ७दिन भित्र आवश्यक कागजात सहित नगरपालिकामा दर्ता गर्नुपर्ने बताए ।