☰ open Loading... 24 October 2024|  

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै
पश्चिम नेपाल   | २० असार २०८१, बिहीबार ०८:०४

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।

प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।