☰ open Loading... 24 July 2024|  

जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे
पश्चिम नेपाल   | २१ असार २०८१, शुक्रबार ०८:४९

जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटन भन्ने स्थानमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन्। बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्‍याएको हो।

चट्याङले गाउँका एघार किसानका भेडाहरू मरेका छन्। माइकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मान बहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरि बहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २०, र राम बहादुर रावतका १ भेडा मरेका छन्।

कुल ५४ भेडा मरेको स्थानीय किसान हरि बहादुर रावतले जानकारी दिए।