☰ open Loading... 26 June 2025|  

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | २१ असार २०८१, शुक्रबार १५:५६

बिहानैदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डको सडक अवरुद्ध भएको छ।

कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ को गगनेखोलामा ठूला ढुङगाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।

उनका अनुसार बिहानैदेखि परेको अविरल वर्षाले माथिबाट ठूला ढुङगाले आएपछि सडक बन्द भएको हो।

अहिले सडक डिभिजन कार्यालय, जुम्लाले अहिले सडक खुलाउन सुरु गरेको छ। गगंनेखोलामा भएको सडक अवरुद्ध खुलाउन एकतर्फ काम भइरहेको जनाएको छ।