☰ open Loading... 19 September 2024|  

४ जना मृत अवस्थामा फेला
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार २०:५६

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

पाल्पाको माथागढी गाउँपालिका-४ झडेवास्थित झडेवा खोलामा पनि सोही गाउँपालिका-४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी पाल्पाकै रम्भा गाउँपालिका-१ सर्दी स्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका-१० कट्नु नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।