☰ open Loading... 21 September 2024|  

दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार २१:१६

दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर गहिराइसम्म पुगेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी आयोजनाले गराएको छ ।

यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन सम्भावनाबारे अध्ययन गरिने छ ।