☰ open Loading... 20 September 2024|  

दैलेखमा विभिन्न पार्टी परित्याग गरी एक दर्जनबढी एमालेमा प्रवेश
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार २२:०६

दैलेख- ठाटीकाँध गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।ठाटीकाँध गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।लामो समय देखि नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रमा सक्रियता पुर्व काम गर्नु भएका  करिब एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका पालिका कमिटी अध्यक्ष कृपाराम थापा बताए । अन्य पार्टी भन्दा नेकपा एमाले पार्टी राम्रो र जनताको पक्षमा काम गर्ने हुनाले उनीहरु एमालेमा प्रवेश गरेको उनले बताए ।नवप्रवेशीहरुलाई टिका र खाता लगाएर स्वागत गरिएको बताए । उनले आफ्नो व्यक्तिगत स्वार्थको लागि भन्दा पनि देश र जनताको हितका लागि काम गर्नुपर्नेमा जोड दिए ।

प्रवेश गर्ने नेपाली कांग्रेसबाट टेकेन्द्र बिक प्रेम सुजि ,चन्द्रा सुजि ,झुपु कामी ,मामसरा दशौदी , रमेश बि क,आइतु भट्ट क्षेत्री लगायतले पार्टी परित्याग गरेका पालिका कमिटी सचिब रमेश बिकले बताए । यस्तै नेकपा माओबादी केन्द्रबाट बलिराम भण्डारी, चिना कुमारी दशौदी ,मामसरा भण्डारी ,जयकला थापा र स्वतन्त्रबाट लोकेन्द्र ब शाही प्रवेश गरेको उनले जानकारी दिए ।