☰ open Loading... 24 October 2024|  

सुनको मूल्य तोलामा १५ सयले बढ्यो
पश्चिम नेपाल   | ४ आश्विन २०८१, शुक्रबार ११:५२

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ।

बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ।