☰ open Loading... 24 December 2024|  

चितवनमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु, ६ जना घाइते
पश्चिम नेपाल   | २३ कार्तिक २०८१, शुक्रबार ०९:११

चितवनमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएका थिए। मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६-००१ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बाप्र ०३-००१ ख २८१२नम्बरको बस ठोक्किदा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो।

माइक्रोमा सवार गोर्खको आरुघाट गाउपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङको मृत्यु भएको पुष्टि भएको छ भने अन्य दुई पुरुष र एक महिलाको परिचय खुलेको छैन।मृतक सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा सवार चार जना घाइते भएका छन्। माइक्रो बसमा सवार अन्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए। घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।