☰ open Loading... 8 May 2025|  

तोलामा सुनको मूल्य दुई हजारले बढ्यो
पश्चिम नेपाल   | २३ कार्तिक २०८१, शुक्रबार १३:१२

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० रूपैयाँ निर्धारण भएको छ।