☰ open Loading... 25 December 2024|  

कालिकोटमा पाँच जना सिट क्षमताको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना गम्भीर घाइते
पश्चिम नेपाल   | २५ कार्तिक २०८१, आईतवार १६:३२

कालिकोटको पलाता गाउँपालिकामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरकाे बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भिर घाईते भएको जनाईएको छ । पलाँता गाउँपालिका ३ मा राडुकाप्रे खोला नजिकै आइतबार दिउँसो साढे २ बजेतिर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकाहरूको पहिचान खुलेको छैन् भने दुर्घटनामा नौ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्गको कर्णाली नदी पारी कच्ची सडकमा बोलेरो जीप चल्ने गरेका छन् । राडुनेटाबाट पलाता गाउँपालिकाको थिर्पु आउँदै गरेको जीप दुर्घटनामा परेको हो । सडकदेखि करिव ३ सय मिटर तल जिप खसेको छ ।

दुर्घटनाको कारण नखुले पनि यात्रु संख्या बढी भएकाले दुर्घटना भएको अनुमान गरिएको छ । ५ जना सिटक्षमताको जिपमा तेब्वर बढी यात्रु चढाईएको थियो ।
घाईतेहरुलाई हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याईदैछ ।