पश्चिम नेपाल | ५ मंसिर २०८१, बुधबार २१:००
कर्णालीमा यो आर्थिक वर्षको चार महिनामा चार प्रतिशत मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले जम्मा ४ प्रतिशत अर्थात् ९० करोड ३२ लाख २ हजार ९९३ रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन गरेको छ । जबकि चालु आर्थिक वर्षमा पुँजीगततर्फ सरकारले १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ ।