☰ open Loading... 5 January 2025|  

लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला
पश्चिम नेपाल   | १४ मंसिर २०८१, शुक्रबार १५:५४

 

दैलेख– नारायण नगरपालिका– ६स्थित रेडक्रस माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगीता गरिएको छ । नारायण नगरपालिकाको समन्वय आवाज संस्थाको आयोजनामा युराेपेलि संघकाे आर्थिक सहयाेगमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगीतामा प्रथम सुजता थापा दितिय दिपेश शर्मा तृतिय बरिश्मा न्यौपाने, सान्तवना आशा नेपाली भएको आवाज संस्थाका मनोसामाजिक कार्यकर्ता सम्झना कुमारी खत्रीले जानकारी दिइन् ।प्रतियोगीतामा बिजयी हुने बिद्यार्थीहरुलाई प्रथम, दितिय र तृतिय हुने बिद्यालयहरुलाई पुरस्कार बितरण गरिएको उनले बताइन् ।

उनलेे लैङ्गिक हिंसा राेकथाम र यसका सेवाहरुमा पहुँच अभिबृद्वि ” कार्यक्रम अन्तरगर्त आवाज सस्थाले लैङ्गकि हिंसा बिरुद्धकाे १६ दिने अभियानका उपलक्ष्यमा नारायण नगरपालिका  -६  रेडक्रस  माबि  “लैङ्गकि हिंसाका कारण बालबालिका मा पर्ने प्रभाब र सराेकारवालाकाे भुमिका ” शिर्षकमा वक्तृत्वकला प्रतियाेगिता संञ्चालन गरिएकाे बताईन् ।


समाजमा कुनै पनि सन्देश पुर्याउन विद्यार्थीको प्रयोग गरिए छिटो र सकारात्मक सन्देश पुग्ने पत्रकार यामराज बिष्टले बताए। उनले लैगिक हिंसा हिजो भन्दा आज बढेर गईरहेको बताए। महिला तथा बालबालीका माथी भएको हिंसा, अत्य गर्न सबैले सहयोग गनुपर्ने उनलेे बताए ।

यस्तै विद्यार्थीहरूलाई पाठ्यक्रम भन्दा बाहिरको शिक्षा तथा ज्ञान पनि अपरिहार्य भएकाले अझै विद्यार्थीले धेरै कुरा सिक्नुपर्ने रेडक्रस माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर थापाले बताए।उनले यो कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सचेतना फैलाईरहेकोमा आयोजक संस्थालाई धन्यबाद व्यक्त गरे।कार्यक्रममा १५०जना विद्यार्थीको सहभागीता थियो भने प्रतियोगिताका सहभागिले लैंगिक हिंसा न्यूनिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।