☰ open Loading... 5 December 2024|  

दैलेखमा १० औं राष्ट्रिय उद्योग दिवस मनाइयो
पश्चिम नेपाल   | १० मंसिर २०८१, सोमबार ०५:५७

दैलेख- दैलेखमा  १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ । “उद्यमशील सांस्कृति राष्ट्रको समृद्धि” भन्ने मूल नाराका उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालय दैलेखले उद्योग दिवस मनाएको हो । दिवसको अबसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरि दिवस मनाइएको कार्यालयलले जनाएको छ ।

उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख परशुराम आचार्यले राज्यले दिएको सेवा सुविधाहरुलाई नितिगतरुपमा उद्योगीले उत्पादन गरेको वस्तु सहजैरुपमा बजारीकरण हुनुपर्ने र स्वदेशी उत्पादनमा आत्मनिर्भर हुनु पर्ने बताए । उनले अझै राज्यले उद्योग क्षेत्रमा लगानी गनुपर्ने बताए ।

उद्योगहरूको योगदान घट्दोक्रममा र आयात बढ्दोक्रममा रहेको भन्दै साना, मझौलालगायत ठूला उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक र मौद्रिक नीति तय गरिनुपर्ने जिल्ला समन्वय दैलेखका नमराज शाहीले बताए । उनले नीति उत्पादन तथा स्वदेशी उपभोगमुखी हुँदा मुलुकका उद्योगमा प्रोत्साहन हुने बताए ।

सहभागीहरूले सिप सिकेर विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्न राज्यले उत्पादन गरेका सामाग्रीहरूको बजारीकरण गर्न सहयोग गर्नु पर्ने स्थानियको भनाई छ ।

कार्यक्रममा दैलेखका ११स्थानिय तहका जनप्रतिधिनी पत्रकार सरकारी कार्यालयका प्रमुखको सहभागीता रहेको थियो ।