पश्चिम नेपाल | १६ मंसिर २०८१, आईतवार १८:२०
कर्णालीमा ८ पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।
कुल ४२ हजार २ सय ७७ मतदातामा २६ हजार ३ सय ८१ मत खसेको हो।
जस अनुसार ६२ प्रतिशत मत खसेको जनाइएको छ। मतदान प्रकृया शान्तिपूर्ण रुपमा सकिएसँगै मतगणना स्थलमा मतपेटिका लैजाने कार्य जारी रहेको जनाइएको छ।