☰ open Loading... 22 January 2025|  

नारायणमा लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन
पश्चिम नेपाल   | २४ मंसिर २०८१, सोमबार १४:५३

 

दैलेख- नारायण नगरपालिकामा लैङ्गिक हिंसा नियन्त्रणका लागि १६सदस्यीय  सञ्जाल गठन गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माको नेतृत्वमा १६ सदस्यीय लैङ्गिक हिंसा निवारण सञ्जाल  गठन गरिएको सोसेक नेपालले जानकारी दिएको छ ।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शमाले लौङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने काम गर्नुपर्ने बताए ।उनले समाजमा भएका विकृति लैङ्गिक हिंसा न्यूनीकरणलाई अत्य गर्न सबै जना लाग्नुपर्ने बताए । उनले पछिल्लो समयमा लैङ्गिक हिंसाका घटनाहरू धेरै भएकाले अत्य गर्न सबैले सहयोग गर्नुपर्नेे बताए ।

यस्तै लैगिक समानता तथा सामाजिक समावेशीकरण निर्देशक समिति गठन गरिएको छ । समितीको संयोजक लोमन शर्मा, सदस्यहरु तप्ता कुमारी थापा, रेशम वहादुर वुढा, रत्ना कुमारी थापा,रन्तकला सार्की, मनसरा अधिकारी,भोज कुमारी कोईराला, रमा श्रेष्ठ, डिल कुमारी चन्द, मिना थापा , गोमा केसी र खम वहादुर थापा रहेका छन् ।

 

लैगिक समानता तथा सामाजिक समावेशीकरण निर्देशक समिति र लौङ्गिक हिंसा निवारण सञ्जाल समितिमा लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाज, शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्र, मानवअधिकार क्षेत्रका प्रतिनिधि सदस्य रहेका नारायण नगरगालिकाका सामाजिक विकास अधिकृत खमबहादुर थापाले बताए । यस्तै उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, बाल क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका उनले बताए ।