☰ open Loading... 22 January 2025|  

दैलेख वन कार्यालयमा दुई कार्यालय प्रमुख
पश्चिम नेपाल   | २६ मंसिर २०८१, बुधबार ११:४४

डिभिजन वन कार्यालय दैलेखमा अहिले दुई वटा कार्यालय प्रमुख रहेका छन् । नयाँ कार्यालय प्रमुखका रुपमा डिभिजन वन कार्यालय जाजरकोटबाट राधाकृष्ण दास हाजिरी भईसक्दा समेत तत्कालिन कार्यालय प्रमुख धर्मराज उपाध्यायले कार्यालय नछोड्दा दुई कार्यालय प्रमुख एउटै कार्यालयमा रहेका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले गत भदौंको २५ उपाध्यायको प्रदेश वन निर्देशनालयमा सरुवा गरेको थियो तर मन्त्रालयको सरुवा लत्याउँदै उपाध्याय धन्नै ३ महिनादेखि दैलेख डिभिजन कार्यालयमा बसेका छन् ।

नयाँ कार्यालयको भवन उद्घाटन गरेर वन निर्देशनालयमा जाने उपाध्यायले अठोर लिएका छन् । नयाँ भवन बन्न अँझै ३ महिना लाग्ने जनाईएको छ । नयाँ भवनको शिलामा आफ्नो नाम लेखेर समाना लिएर जाने भएकाले अहिले दुई कार्यालय प्रमुख एउटै कार्यालयमा बसेका छन् ।

नयाँ कार्यालय प्रमुख दास हाजिरी भएर आर्थिक अख्तियारी पाईसकेपनि तत्कालिन कार्यालय प्रमुख उपाध्यायले कार्यालयको फोनदेखि सामानहरु बरबुझारथ नगर्दा कार्यालय चलाउन गाह्रो भएको जनाईएको छ ।

‘पुराना कार्यालय प्रमुख कार्यालय छोड्न मान्नु हुँदैन् ।’ एक कार्यालयका कर्मचारीले भने, दुई वटा हाकीम एउटै कार्यालयमा हुँदा नयाँ आएका कार्यालय प्रमुखलाई काम गर्न गाह्रो भएको छ ।’ कार्यालय प्रमुख दासले पुरानो कार्यालय प्रमुख भवन उद्घाटन गरेर जाने भनेर बस्नु भएको बताए । मन्त्रालयले भदौंमा सुरुवा गरेको भएता पनि अहिलेसम्म लागू गरेको छैन् ।

मन्त्रालयको सरुवा अटेर गर्ने उपाध्यायलाई मौखिक बाहेक हाजिरीको लागि तोकेता समेत गरेको छैन् । वन निर्देशनालयमा हाजिरी हुन मौखिक रुपमा मात्र मन्त्रालयबाट खवर गरिएको जनाईएको छ ।