☰ open Loading... 22 January 2025|  

कालिकोट पचालझरना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पश्चिम नेपाल   | १४ पुष २०८१, आईतवार १७:५९

कालिकोट । पचालझरना गाउँपालिकाले आ.व. २०८०/०८१ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

गाउँपालिका केन्द्र पडेक्षामा आइतवार सम्पन्न भएको सार्वजनिक सुनाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनक शर्माले आ.व. २०८०/०८१ को आर्थिक प्रतिवेदन पेस गर्दै गाउँपालिकाको आर्थिक प्रगतिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय राजनिति दल,नागरिक समाजका अगुवा र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गााउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा विकास निर्माण र अन्य योजनाहरु छनौट गर्दा जनताको आवaश्यकताका आधारमा छनौट गर्नु पर्ने भन्दै गुनासो गरेका थिए ।

उक्त गुनासाहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष देवराज शाहीले aपालिका सरकारले योजना छनौट गर्दा र कार्यन्वयन गर्दा जनताको आवश्यकता हेरेरै गरेको भन्दै प्रष्ट पारेका थिए । आ.व. २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम विविध कारणले ढिला हुन गएको र आउने दिनमा प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्वता गरे ।

योजना छनौट गर्दा बन्द कोठा भित्र गर्ने सार्वजनिक सुनुवाई मात्र बाहिर जनताको बीचमा किन गरेको भन्ने सहभागिको प्रश्नको जवाफ दिदै अध्यक्ष शाहीले आफुहरु नेपाल सरकारको ऐन कानुनमा रहेर हरेक काम गर्ने गरेको भन्दै प्रक्रिया नै त्यस्तै भएकाले पालिका सरकार ऐन कानुन भन्दा बाहिर नगएको स्पष्ट पारे ।

एसी टेक्नोलोजि एण्ड मल्टि प्रपोज प्रा.लि.को समन्वय र कटेरा मिडिया हाउस द्वारा संचालित भिल्को खबर डटकमको सहजिकरणमा भएको कार्यक्रमा कटेरा मिडिया हाउस प्रा.लि.का अध्यक्ष एवं पत्रकार विवशकुमार सेजुवालले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए ।

कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो ।