पश्चिम नेपाल | १५ पुष २०८१, सोमबार १४:१६
फिलिपिन्सको सबैभन्दा ठूलो टापु लुजोनमा भूकम्प गएको छ। मनिला र क्वेजन सिटीजस्ता मुख्य शहरमा सोमबार भूकम्पको धक्का महसुस गरिएको हो।
रोयटर्सका अनुसार भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो। फिलिपिन्सका अधिकारीहरूले भूकम्पले ठूलो क्षति नगर्ने आकलन गरेका छन्। तर, पछि पराकम्पनहरू जान सक्ने भएकाले सतर्कता अपनाउन सल्लाह दिएको छ।
फिलिपिन्समा भूकम्पहरू सामान्य हुन्, जहाँ विश्वका धेरैजसो भूकम्प र ज्वालामुखी निस्कने गरेका छन्। स्थानीय सरकार र विपद् व्यवस्थापन निकायहरूले स्थितिको आकलन गरिरहेको भनेका छन्।