पश्चिम नेपाल | २८ माघ २०८१, सोमबार २२:१७
दैलेखको भगवतीमाई गाउँपालिका–१ मौलेसालमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको आइतबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको अवस्थामा उनको उद्धार गरिएको थियो । घाइते थापालाई दैलेख अस्पताल पुर्याउँदा मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको उनले बताए।