दैलेख – दैलेखमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सांस्कृतिक कार्याक्रम गरि मनाएको छ ।‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो । समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैले आवाज उठाउनुपर्ने नारायाण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए ।महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताए ।
यस्तै नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, अत्य गर्न सबैको भूमिका महत्वपूण रहने बताइन् । महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिला सरोकारको विषय नभई यसका लागि हामी सबैको समान र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।
कार्याक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी ,कर्मचारी। शिक्षक ,सुरक्षा निकाय,राजनितिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । कार्यक्रममा उत्कृट गीत गाँउनेलाई पुस्कारको ब्यवस्था पनि गरिएको छ ।