पश्चिम नेपाल | २६ चैत्र २०८१, बुधबार २१:३४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर रानालाई नियन्त्रणमा लिएको छ ।
समितिको कार्यालयले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको उजुरी निवेदनका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।


उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।



