☰ open Loading... 19 April 2025|  

दैलेखकाे ठाटीकाँधमा राति घरमा सुतेकाे शिशु गायब, अज्ञात समुहले उठाएर लगेकाे परिवारकाे आशंका
पश्चिम नेपाल   | २८ चैत्र २०८१, शुक्रबार १०:४७

पश्चिम दैलेखकाे ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाकाे शिशु बेपत्ता भएकाे छ।


‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छाेरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएकाे‌ हाे ।

‎उक्त शिशु तीन महिना अगाडि जन्मिएकाे हाे ।

‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुकिसकेका थिए ।

‎घर पछाडीकाे रुखमा राखेकाे खरमा आगाे लाग्याे ‌। उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।

‎’माथिल्लाे घरका मान्छेले देखेर खबर गरे,’ उनी भन्छन्, ‘त्यसपछि बच्चाकाे आमा, बुबादेखि सबै जना आगाे निभाउन गए ।’

‎लगत्तै घरमा आउँदा बच्चा नभएकाे उनले बताए। उनका बुझाइमा बच्चालाई लिनमा लागि कुनै समुहले खरमा आगाे लगाएकाे र निभाउन गएकाे माैकामा बच्चा उठाएर भागेकाे शंका छ ।


‎बेपत्ता पारिएकाे बच्चासँग अर्काे छाेरा पनि साथमा सुतेकाे थियाे । आउँदा ठुलाे बच्चा सुतिरहेकै भएपनि सानाे बच्चा नभएकाे उनले बताए।

‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चाैकीमा खबर गरेका थिए । रातिनै प्रहरी त्यहाँ पुगेर खाेजतलासी गर्दा कुनै ‘क्लु’ पत्ता नलागेकाे जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

‎’अचम्म लाग्दाे घटना भयाे,’ उनले भने, ‘अहिले पुन: त्यहाँ प्रहरी परिचालन गरेकाे छु।’


‎परिवारले बच्चा खाेजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।