पश्चिम नेपाल | ३० चैत्र २०८१, आईतवार ०६:२४
पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो ।
झडपपछि अहिले साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कर्फ्यु लगाइएको छ ।


उक्त झडपमा परेर १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र प्रदर्शनकारी १२ जना घाइते भएका छन् । नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।
अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।



