☰ open Loading... 21 June 2025|  

गर्भवती महिलासँग उप–प्रमुख कार्यक्रम प्रभावकारी बन्दै
पश्चिम नेपाल   | ३० बैशाख २०८२, मंगलवार ०८:१७

यामराज बिष्ट
दैलेख ।नारायण नगरपालिकाले सञ्चालन गर्दै आएको गर्भवती महिलासँग उप–प्रमुख कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गर्भवती महिलाको स्वास्थ परिक्षण नगर्दा आमा शिशु दुवैको स्वास्थ्य समस्यामा पर्ने भएकोले समस्या समधानको लागि नगरपालिकाले उक्त कार्यक्रम संञ्चालनमा ल्याएको हो ।
गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने उदेश्यले यो कार्यक्रम संञ्चालन गरिएको नारायण नगरपालिकाका उप–प्रमुख तप्ता थापाले बताइन् । उनका अनुसार गर्भवतीको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायण नगरपालिका–४र५का४६जना गर्भवती महिलालाई त्रिबेणी स्वास्थ्य चौकीमा फलफुल र झोला वितरण गरिएको छ ।

गर्भवती महिलाका समस्या बुझ्न, स्वास्थ्य जाँच गर्न, पोषिलो खानेकुरा खान, र स्वास्थ्य संस्थामै पुगेर अनिवार्य रुपमा सुत्केरी हुन आफुले गर्भवती महिलालाई जानकारी गराउँदै आएको उप–प्रमुख थापाको भनाई छ ।
यस्ता किसीमका कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए । नगरपालिकाले गर्भवती महिलालाई चाहिने आवश्यक पोषिलो खानेकुरा समेत वितरण गर्दै आएको उनले बताए ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले नारायण नगरपालिका बाट संचालन भएको गर्भवतीसँग उप–प्रमुख कार्यक्रमले धेरै कुरा सिकाएको बताए । उनले बच्चा गर्भअवस्थामा रहदाँ नै पौष्टीक आहार आमाले खाएमा मात्रै बच्चा समेत निरोगी तन्दुरुस्त जन्मीने बताए । उनले स्वास्थ्य सेवाका जानकारी पाउनको गर्भवती महिलाको धेरै महत्वपूर्ण रहेको बताए ।
यस्तै नारायण नगरपालिका दैलेखका प्रमुख प्रसासकीय अधिकृत रेशम बहादुर बुढाले बच्चाको स्वास्थका कुरा देखि गर्भवती महिलाले खानपिनमा ध्यान दिनुपर्ने बताए ।उनले घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकोले सचेतनाको लागि कार्यक्रम धेरै कुरा सिकाएको बताए ।