☰ open Loading... 27 September 2025|  

कर्णाली प्रदेश र मधेश प्रदेशबीचको खेल सुरु
पश्चिम नेपाल   | १९ जेष्ठ २०८२, सोमबार १०:३३

कर्णालीमा प्रदेशमा पहिलो पटक आयोजना भएको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली विरुद्धको खेलमा मधेश प्रदेशले टस जितेर ब्याटिङ रोजेको छ।

वीरेन्द्रनगरको कालुङचोक क्रिकेट मैदानमा कर्णाली प्रदेश र मधेश प्रदेशबीचको खेल सुरु भएको हो।

जुन २०२५ मा संचालन हुने एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको राष्ट्रिय टिम छनौटका लागि यो प्रतियोगिताका आयोजना गरिएको हो।

नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा लिग चरणमा हुने यस प्रतियोगितामा जम्मा २१ खेलहरु खेलिनेछन्। खेलहरु कालिन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा आयोजना हुनेछन्।