☰ open Loading... 27 September 2025|  

जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी
पश्चिम नेपाल   | १९ जेष्ठ २०८२, सोमबार २२:३६

अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन्।

आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा सोमबार विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए।