दैलेख- नारायण नगरपालिका भित्रका लैगिक हिंसा प्रभावित, एकल तथा द्धन्द पिडित महिलालाई आफ्नो व्यवसाय औपचारिकि करण सम्बन्धी तालिम दिइएको छ । सशक्त महिला समृद नेपाल कार्यक्रम कार्यान्वयनका लागि नारायण नगरपालिका दैलेखको समन्वय,दैलेख उद्दोग वाणिज्य महासंघको आयोजनामा,युरोपियन युनियन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो ।
आफ्नो व्यवसाय औपचारिकि करण तालिमबाट हामीले आफ्नो व्यवसयामा औपचारिकि करण गर्दा के के फाईदा हुन्छ, व्यवसायको परिचय, अवधारणा, सफल उद्योगीका विशेषताहरु, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया बिषयमा जानकारी लिएको तालिममा सहभागि अनिता रेग्मीले बताइन् ।
तालिममा प्रशिक्षक खम वहादुर थापा, पवन कुमार कार्की र सुनमाया सुनारले दिएका थिए । तालिमका सहभागिहरूले हागामी कार्ययोजना समेत तयार गरेका छन् ।
तालिममा ३० जना लैगिक हिंसा प्रभावित, एकल तथा द्धन्द पिडित महिलाहरूको सहभागिता रहेको थियो ।