☰ open Loading... 25 April 2025|  

स्थानीय सरकार

दैलेखको दुल्लु अस्पतालमा हप्ता दिनदेखि सिटामोल अभाव

दैलेखको दुल्लु अस्पतालमा हप्ता दिनदेखि सिटामोल अभाव

    प्रकाशित मितिः ९ बैशाख २०८२, मंगलवार १८:१८
दैलेखको दुल्लु अस्पतालमा निःशुल्क वितरण हुने सिटामोल हप्ता दिन देखि अभाव भएको छ । बिरामीको चाप बढेसँगै हप्ता दिनदेखि निःशुल्क वितरण गरिने सिटामोल अभाव भएको हो । ‘हप्ता दिनदेखि निःशुल्क वितरण गरिने सिटामोल सकिएकोले माग गरेको छौँ।’ दुल्लु अस्पतालका डाक्टर रहिज कोजुले भने, एक दुई दिनमा आउँछ ।’ आइतबार र सोमवार अस्पतालमा बिरामीको चाप बढ्ने गरेको अस्पतालले जनाएको छ । अस्पतालबाट सरकारले निःशुल्क दि
पोषण सुधारका दैलेखका ५ स्थानीय तहमा कार्यक्रम

पोषण सुधारका दैलेखका ५ स्थानीय तहमा कार्यक्रम

    प्रकाशित मितिः ९ बैशाख २०८२, मंगलवार ०९:४२
केयर नेपाल,आ.इ.डि र एभरेस्ट क्लब दैलेखको संयूक्त साझेदारीमा संचालित पोषण परियोजना दैलेख जिल्लाका ५ वटा स्थानीय तहमा संचालन रहेको छ । आमा तथा बच्चाको कल्याण गरि आमा र बालबालिकाको स्वास्थ तथा पोषण स्थितीमा सुधार गर्ने उदेश्यले काम गरिरहेकोे हो । स्वास्थ प्रणाली, खाद्य प्रणाली र बजारीकरणलाई आधुनिक व्यवस्थापन गर्न बहुक्षेत्रिय पद्धति र अवधारणा अबलम्न गरि समुदाय विभिन्न कार्यक्रम संचालक भइरहेका छन्
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने

    प्रकाशित मितिः १० चैत्र २०८१, सोमबार २०:५३
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने भएको छ । यसअनुसार ऐन बनाउने विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमिति सहमत भएको छ । गत फागुन ९ गते संघीय निजामती सेवा विधेयकमा सहमती जुटाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा उपसमिति गठन भएको थियो । सरकारले संघीय सेवा अन्तर्गत नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत राख्न खोजेको थियो
७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

    प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १५:३७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको  दरले बजेट तथा कार्यक्रम पठाइएको छ । मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, द
सर्केगाडमा माओवादी केन्द्रकी ४३ मत अन्तरले तिमिल्सिना विजयी

सर्केगाडमा माओवादी केन्द्रकी ४३ मत अन्तरले तिमिल्सिना विजयी

    प्रकाशित मितिः १८ मंसिर २०८१, मंगलवार ०८:३३
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवकी तिमल्सिना (समिक्षा)विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन्। सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो। तिमल्सिनाले एक हजार ६३७ मत ल्याएर विजयी भइन्। उनकी
कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।

कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार २०:३४
कर्णालीका आठ स्थानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले २०७९ सालमा जितेका प्रमुख पदहरु गुमाएको छ। अघिल्लो पटक जितेका कर्णालीको एक गाउँपालिका अध्यक्ष र नगरपालिका उपमेयर कांग्रेसले गुमाएको छ। कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाका अध्यक्षमा एमाले विजयी भएको छ भने जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले जितेको छ। निर्वाचन आयोगका अनुसार महाबु गाउँपालिका अध्यक्षमा एमालेका जं
रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका भूपमणि पुनमगर विजयी

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका भूपमणि पुनमगर विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:३६
आइतबार भएको उपनिर्वाचनमा रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाअध्यक्ष पदमा कांग्रेसका उम्मेदवार भूपमणि पुन मगर जितेका छन् । उनले ६४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बेगम पुनले ५३५ मत पाएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारबीच ८ मतको अन्तर थियो । सबै १९०० मतदाता रहेकोमा १२९७ मत खसेको थियो । तेसो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारले ७० मत पाएका थिए । ‍
रुकुम पश्चिममा कांग्रेस विजयी

रुकुम पश्चिममा कांग्रेस विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:३२
रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई ५३ मतको अन्तरलेपछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्री विजयी भएका छन् । खत्रीले ५९० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतले ५३७ ल्याए ।

कुशे गाउँपालिका–७ मा वडाध्यक्षमा नेपाली कांग्रेसका सिंह निर्वाचित

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:२९
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।
जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:५४
जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रले अग्रता लिएको छ । आइतबार सम्पन्न मतदानको मतगणनाअनुसार कुशे ७ मा माओवादी केन्द्रले अग्रता लिएको हो । अहिले माओवादी केन्द्रका गोरख बहादुर नेपालीले २२२ मतका साथ अग्रता लिँदा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह २१६ मतका साथ दोस्रो स्थानमा छ । यस्तै एमालेका डम्बर बहादुर घर्ती १५० मतका साथ तेस्रो स्थानमा छ । राप्रपाका लालबहादुर खत्री भने ५ मतमा सीम