☰ open Loading... 28 September 2025|  

उच्च अदालतलाई कैद असुल गर्नै सकस
  | १६ श्रावण २०७५, बुधबार १६:४६

सुर्खेत । उच्च अदालतलाई सुर्खेतलाई कैद र जरिवाना रकम असुल गर्नै सकस भएको जनाएको छ । विभिन्न समयमा अदालतहरुबाट फैसला गरिएका व्यक्तिहरु लामो समयदेखी फरार रहेकाले कैद र जरिवाना रकम असुल गर्न सकस भएको हो ।

उच्च अदालत सुर्खेतले गत अार्थिक वर्षमा गरेका कामहरुकाे बारेमा जानकारी दिँदै मुख्यन्यायाधिस हरी कुमार पाेखरेल ।।

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस हरिकुमार पोखरेलले लामो समयदेखी अदालतले गरेका फैसला कार्यान्वयन नहुँदा बोझ वहन गर्नु परेको जनाकारी दिए ।

उनका अनुसार उच्च अदालतले हेर्न सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम जिल्ला अदालतले कुल तीनहजार ६४ वर्ष सात महिना साढे दिन कैद भुक्तान गर्न बाँकी छ । यस्तै, जरिवनातर्फ ४ करोड १४ लाख ४१ हजार ६८ रुपैयाँ तीन पैसा असुल हुन बाँकी छ ।

कुन अदालतमा कति ?
कैदतर्फ
सुर्खेत जिल्ला अदालत          :   १३६८ वर्ष ८ महिना साढे २९ दिन
दैलेख जिल्ला अदालत          :   ४८१ वर्ष ३ महिना १० दिन
जाजरकोट जिल्ला अदालत    :  ४१७ वर्ष १ महिना १५ दिन
सल्यान जिल्ला अदालत         :  ८१६ वर्ष ६ महिना ७ दिन
रुकुम जिल्ला अदालत           :  ४८० वर्ष ११ महिना ६ दिन
जरिवनातर्फ
सुर्खेत जिल्ला अदालत           :  १६०४१०३१.९५
दैलेख जिल्ला अदालत           :  २८८८०३९.१७
जाजरकोट जिल्ला अदालत     :  ६४९१६९९
सल्यान जिल्ला अदालत          :  २८४६२५६.४१
रुकुम जिल्ला अदालत            : ३१७४०४२

अदालतले फैसला गरेर फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयसंग समन्वय गरेपनि अपेक्षाकृत सफता पाउन नसकेको मुख्यन्यायाधिस पोखरेलले जानकारी दिए । उच्च अदालतले अघिल्लो आर्थिक वर्षमा ४२२ मुद्दा मध्य ३७८ मुद्दा फछ्र्यौट गरेको ६ भने ६४ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । यी मध्य अधिकाँश मुद्दाहरु दर्ता भएको समयदेखी एक वर्षमै अदालतले फैसला गर्ने गरेको पोखरेलको भनाई छ । न्याय सम्पादनलाई प्रभावकारी बनाउन अदालतले उच्च प्राथमिकता साथ काम गरिरहेको पनि उनले बताए ।