☰ open Loading... 15 September 2025|  

विप्लवका केन्द्रीय सदस्य सुर्खेतमा पक्राउ
  | १४ चैत्र २०७५, बिहीबार २०:२८

सुर्खेत । प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता सुर्खेतमा प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा विप्लव निकट अखिल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य गोमा खड्का (ओली) र जिल्ला कमिटी सदस्य शिद्धबहादुर खड्का रहेका छन्।

उनीहरु वीरेन्द्रनगर– ८ स्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विषेश सूचनाको आधारमा उनीहरुलाई बिहीबार प्रक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बशन्त रजौरेका अनुसार उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरुका साथबाट पार्टीको रसिद र केही थान पुस्तकहरुसमेत बरामद गरेको छ।

प्रहरीले निगरानी बढासँगै विप्लवका अधिकांश कार्यकर्ताहरु भूमिगत भएका छन्। यसअघि कर्णाली प्रदेशको कालिकोट र सल्यानबाट विप्लवका सात जना कार्यकर्ता प्रक्राउ परिसकेका छन्। देशका विभिन्न ठाउँबाट सहकर्मीहरु प्रक्राउ पर्न थालेपछि विप्लवका कार्यकर्ताहरु सामाजिक सञ्जाल र जनतासँग पनि टाढिएका छन्।