☰ open Loading... 28 September 2025|  

अब सबै एटिएममा नेपाली भाषा अनिवार्य
  | ५ जेष्ठ २०७६, आईतवार १८:५१

काठमाडौं- नेपाल राष्ट्र बैंकले अटोमेटेड टेलर मेसिन (एटीएम) मा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

आईतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटिएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो।

‘हाल बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र त्यस्ता एटिएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन सूचना प्रकाशित गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ।

उक्त अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाईएमा भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारबाही गरिने समेत राष्ट्र बैंकले जनाएको छ।